19/11/2026

आईआईडीएस नीति संवाद “Niti Daudaha Goes Global: Australia” अन्तर्गत अन्तरक्रियात्मक सत्र आयोजना हुने

navadmin

नेपाली एसोसिएसन अफ भिक्टोरिया (NAV) र गैरआवासीय नेपाली संघ (NRNA) अस्ट्रेलियाको संयुक्त आयोजनामा नेपालका नीति, विकास, लगानी तथा संस्थागत सहकार्यका विषयमा केन्द्रित “IIDS Niti Daudaha Goes Global: Australia” अन्तर्गत एक अन्तरक्रियात्मक सत्र आयोजना हुने भएको छ।

कार्यक्रम आगामी आइतबार, २२ नोभेम्बर २०२६ का दिन बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म 3 Belair Avenue, Glenroy VIC 3046 मा सञ्चालन हुनेछ।

कार्यक्रममा Institute for Integrated Development Studies (IIDS) का Executive Chair डा. बिश्वाश गौचन, FCA सहभागी हुनुहुनेछ। उहाँसँग “Role of Nepali Diaspora in the Next Nepal” विषयमा अन्तरक्रियात्मक छलफल गरिनेछ।

यस सत्रमा नेपाली डायस्पोराको नेपालको आगामी विकास यात्रामा भूमिका, ज्ञान आदानप्रदान, लगानी, उद्यमशीलता तथा संस्थागत सहकार्यका सम्भावनाबारे विचार, अनुभव र दृष्टिकोण आदानप्रदान गरिने अपेक्षा गरिएको छ। अस्ट्रेलियामा रहेका नेपाली समुदाय, व्यवसायी, पेशागत क्षेत्रका व्यक्तिहरू तथा नेपालसँग विकास र लगानीका माध्यमबाट जोडिन चाहने सहभागीहरूका लागि यो संवाद महत्वपूर्ण अवसर हुने आयोजकले जनाएको छ।

कार्यक्रमले नेपाल र नेपाली डायस्पोराबीच ज्ञान, अनुभव, लगानी तथा सहकार्यका सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ। सहभागीहरूलाई नेपालको भविष्य र विकासमा विश्वभर रहेका नेपालीहरूको योगदानका सम्भावनाबारे खुला संवादमा सहभागी हुन आमन्त्रण गरिएको छ।

कार्यक्रम गैरआवासीय नेपाली संघ (NRNA) Australia र Nepali Association of Victoria (NAV) को संयुक्त आयोजनामा हुन लागेको हो।

कार्यक्रम विवरण:

  • मिति: आइतबार, २२ नोभेम्बर २०२६

  • समय: बिहान ९:०० बजे – ११:०० बजे

  • स्थान: 3 Belair Avenue, Glenroy VIC 3046

  • विषय: Role of Nepali Diaspora in the Next Nepal

  • वक्ता: Dr. Biswash Gauchan, FCA, Executive Chair, IIDS

Let’s come together to discuss, connect and contribute for a stronger Nepal through our global diaspora.