नेपाली समुदायका महिलाहरुका लागि नेतृत्व तथा डिजिटल सुरक्षा सम्बन्धि कार्यक्रम सम्पन्न

नेपाली समुदायका महिलाहरुका लागि नेतृत्व तथा डिजिटल सुरक्षा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले गत १० मे का दिन कार्यक्रमको आयोजना गरेको थियो।
महिलाहरुलाई नेतृत्वमा अगाडी ल्याउने तथा डिजिटल सुरक्षा सम्बन्धि सीप बढाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा इन्टरनेशनल डेभलपमेन्ट प्रोफेसनल माधुरी मास्के र दिदि बहिनी समाज भिक्टोरियाकी संस्थापक अध्यक्ष डा. जमुना पराजुली प्रस्तुतकर्ताको रुपमा रहनुभएको थियो।
कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष जेनिशा गौतम र सदस्य मुक्ता सिंहले गर्नुभएको थियो। कार्यक्रमको संचालन मुक्ता सिंहले गर्नुभएको थियो।

