21/05/2025
न्याभद्वारा बालचौतारी स्कुलहरुलाई पाठ्यपुस्तक वितरण

नेप्लिज एशोसिएसन अफ भिक्टोरिया (न्याभ) ले बालचौतारी स्कुलहरूलाई २०२५ का लागि परिमार्जित पाठ्यपुस्तक वितरण गरेको छ। नेपाली भाषा र संस्कृतिको संरक्षणका निम्ति न्याभले यस किसिमका विभिन्न पहलहरु गर्दै आइरहेको छ।
पाठ्यपुस्तकले नयाँ पुस्तामा नेपाली भाषाप्रति आत्मियता र सम्मानको वृद्धि गर्ने तथा नेपाली भाषा र संस्कृतिको संरक्षण अनि प्रबर्द्धनमा सहयोग पुग्ने विश्वास गर्दै संस्थाका अध्यक्ष एकिन्द्र तिमिल्सेनाले बालचौतारी टिम, स्कुल कोअर्डिनेटर, टिचर, अभिभावक तथा विद्यार्थीहरूलाई शुभकामना दिनुभयो।