04/10/2026

मानवसेवा आश्रममा फिजियोथेरापी कक्ष निर्माणका लागि NAV का अध्यक्ष र टिमद्वारा सहयोग

navadmin

मेलवर्न, भिक्टोरिया | २५ सेप्टेम्बर २०२६

मानवसेवा आश्रमको मानवीय सेवा अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपालीज एसोसिएसन अफ भिक्टोरिया (NAV) का अध्यक्ष सुदीप श्रेष्ठ तथा उहाँको टिमले फिजियोथेरापी कक्ष निर्माणका लागि A$500 सहयोग प्रदान गर्नुभएको छ।

उक्त सहयोग “CONNECT AUSTRALIA THROUGH HUMANITY” अभियानअन्तर्गत प्रदान गरिएको हो। अभियानले मानवता, करुणा, सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहकार्यका माध्यमबाट मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

मानवसेवा आश्रममा निर्माण हुन लागेको फिजियोथेरापी कक्षले आश्रममा आश्रित तथा सेवाग्राहीहरूलाई आवश्यक शारीरिक पुनर्स्थापना तथा उपचारसम्बन्धी सेवा प्रदान गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

NAV अध्यक्ष सुदीप श्रेष्ठ तथा उहाँको टिमले गरेको यस सहयोगप्रति मानवसेवा आश्रमले आभार व्यक्त गर्दै मानवीय सेवाको अभियानमा प्राप्त सहयोगले आफ्नो सेवाकार्यलाई थप प्रभावकारी बनाउन प्रेरणा मिलेको जनाएको छ।

NAV ले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यलाई महत्वपूर्ण प्राथमिकताका रूपमा लिँदै आएको छ। यस प्रकारका सहयोग तथा पहलहरूले अष्ट्रेलियामा रहेको नेपाली समुदाय र नेपालमा सञ्चालन भइरहेका मानवीय सेवाका अभियानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

NAV ले मानवसेवा आश्रमको मानवीय सेवाको यात्रामा निरन्तर सफलता र आगामी पहलहरूका लागि शुभकामना व्यक्त गर्दछ।