05/05/2025

रचना वाचन कार्यक्रम सम्पन्न

navadmin

मुशायरा परिवारले मेलबर्नमा गत मे ३, शनिबारका दिन गजल मुशायराको १५ औँ संस्करणको आयोजना गरेको थियो। उक्त गजल मुशायरा समापन पश्चात मुशायरा परिवार र नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को संयुक्त आयोजनामा रचना वाचन तथा सुन्ने-सुनाउने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली साहित्यलाई माया गर्ने सर्जकहरुले आफ्ना विभिन्न रचनाहरु वाचन गर्नुभएको थियो। नेपाली भाषा/साहित्यको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने न्याभको उद्देश्यसंग कार्यक्रमको ढाँचा मिलेको तथा मेलबर्नमा नेपाली साहित्यिक माहोल बन्ने देखेर नै कार्यक्रममा सहकार्य गरिएको संस्थाका अध्यक्ष एकिन्द्र तिमिल्सेनाले बताउनुभयो। उहाँले यी उद्देश्यहरु हासिल गर्न धेरै हदसम्म कार्यक्रमले सहयोग गरेको विश्वास समेत व्यक्त गर्नुभयो।