16/03/2026

फारवेस्ट हन्टर्सले जित्यो २१औं न्याभ कपको उपाधि

navadmin

डिफेण्डिङ च्याम्पियन फारवेस्ट हन्टर्स क्रिकेट क्लबले अष्ट्रेलियाको भिक्टोरियामा सञ्चालित न्याभ कप क्रिकेट प्रतियोगिता जितेको छ । २१औं संस्करणका रुपमा आयोजना गरिएको यस प्रतियोगिताको उपाधि फारवेस्ट हन्टर्सले जितेसँगै ५ हजार ५०० डलर नगद समेत प्राप्त गरेको छ ।

फारवेस्ट हर्न्टसले फाइनलमा गत वर्षकै उपविजेता एक्सपर्ट सगरमाथा ब्लुजलाई २८ रनले पराजित गर्‍यो । फारवेस्ट हर्न्टसले निर्धारित २० ओभर खेली १ सय ८१ रनको लक्ष्य दिएको थियो । जबाफमा आएको सगरमाथा ब्लुज जम्मा १ सय ५४ रनमा समेटिएको थियो । सगरमाथा ब्लुजले २ हजार १ सय नगद हात पार्यो ।

ब्यक्तिगत बिधातर्फ टिडब्लुजीजी क्रिकेट क्लबका सुनिल भाटले उत्कृष्ट ब्याटर र उज्जवल थापा उत्कृष्ट बलर बने । फारवेस्ट हन्टर्सका दीपेश विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा बालबालिकालाई समेत सहभागि गराउने उद्देश्यका साथ आयोजना गरिएको स्पोर्टस चौतारी किड्स प्रतियोगितामा ३५ बालबालिकाले सहभागिता जनाएका थिए ।

यसैगरि ८ औं च्यारिटी कप अन्तगरत खेलाइएको प्रतियोतिामा फारवेस्ट कम्युनिटी क्लबले एनएनसिआई कम्युनिटी क्लबलाई पराजित गर्दै च्यारिटी कप जितेको थियो । आयोजक संस्था नेप्लिज एसोसिएस अफ भिक्टोरिया (न्याभ) को स्पोर्ट्स चौतारीका अध्यक्ष सुनिल खड्काले खेलको माध्यमबाट समुदायमा भाइचारा कायम गर्ने र सहकार्यको सन्देश दिने रहेको बताउनुभयो ।