नेपालिज एसोसिएसन अफ भिक्टोरियाको वार्षिक साधारण सभा सम्पन्न
नेपालिज एसोसिएसन अफ भिक्टोरिया (NAV) ले आफ्नो वार्षिक साधारण सभा (Annual General Meeting – AGM) यही १५ अगस्ट २०२६, शनिबार का दिन Epping Memorial Hall, Epping मा आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान १०:३० बजेबाट सुरु हुनेछ। यस वर्षको AGM विशेष रहनेछ, किनकि कार्यक्रममा NAV को सन् २०२६–२०२८ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको औपचारिक परिचय समेत गराइनेछ।
वार्षिक साधारण सभामा NAV का विगत वर्षका गतिविधि, उपलब्धि तथा संस्थागत प्रगतिबारे समीक्षा गरिनुका साथै सम्बन्धित प्रतिवेदनहरू प्रस्तुत गरिनेछन्। प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल, सुझाव आदान–प्रदान तथा प्रश्न–उत्तरको अवसरसमेत रहनेछ। NAV का अध्यक्ष यकेन्द्र तिमल्सिनाका अनुसार, AGM मा उहाँले “President’s Report” प्रस्तुत गर्नुहुनेछ, त्यसपछि कोषाध्यक्ष यज्ञ जोशीले “Financial Report” प्रस्तुत गर्नुहुनेछ। यस अवसरमा NAV का आगामी प्राथमिकता, कार्ययोजना तथा भिक्टोरियामा रहेका नेपाली समुदायसँगको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिनेछ।
NAV ले भिक्टोरियामा रहेका नेपाली समुदायको प्रतिनिधित्व, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, सामुदायिक एकता र सहकार्यलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ। यस वार्षिक साधारण सभा संस्थाको विगतको समीक्षा गर्नुका साथै आगामी यात्राका लागि साझा दृष्टिकोण निर्माण गर्ने महत्वपूर्ण अवसर हुनेछ।
President Dr Yakindra Timelsina ले यस महत्वपूर्ण अवसरमा NAV का सम्पूर्ण सदस्य, पूर्व पदाधिकारी, समुदायका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूलाई उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्नुभएको छ।
(NAV) ले आफ्नो वार्षिक साधारण सभा (Annual General Meeting – AGM) यही १५ अगस्ट २०२६, शनिबार का दिन Epping Memorial Hall, Epping मा आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान १०:३० बजेबाट सुरु हुनेछ। यस वर्षको AGM विशेष रहनेछ, किनकि कार्यक्रममा NAV को सन् २०२६–२०२८ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको औपचारिक परिचय समेत गराइनेछ।