01/09/2021

NAV Advisors Meet & Greet Program 29 Aug 2021.

By navadmin
This image has an empty alt attribute
न्याभले गत आईतबार 29 अगष्ट सम्पुर्ण एड्भाईजरी बोर्डसँग मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गर्यो । न्याभका सल्लाहकार तथा कम्युनिटी लिडरहरूसँग भेटघाट तथा परिचयात्मक कार्यक्रममा सल्लाहकारहरूले बिभिन्न सुझावहरू दिनुमयो जसलाई न्याभका बर्तमान कार्यसमितिले एउटा उर्जाको रूपमा लिएको न्याभका सचिव श्री बिम्लेश कुमार रञ्जितकारले भन्नुभयो । सल्लाहकारहरूको सुझावलाई हामीले थप मार्गदर्शनको रूपमा लिएर सँस्थालाई अगाडि बढाईने कुरामा न्याभका बर्तमान कार्यसमितिमा छलफल गरिनेछ । वहाँहरूले दिनुभएको सुझाव र सल्लाहलाई कार्यसमितिबाट अनुमोदन गरेर परिचालन गरिने कुरामा सबैको सहमतिय भुमिका हुने कुरा सँस्थाका अध्यक्ष राम गुरूङले आशा ब्यक्त गर्नुभयो । सल्लाहकारहरूको तर्फबाट सबै स्ल्लाहकारज्यूहरूले दुई दुई मिनेटको समयमा आफ्नो छोटो मन्तब्य राख्नुभएको
थियो । सबै सल्लाहकार ज्युहरूको एउटै आवाज छ न्याभ एड्भोकेसी सँस्था बनोस् । सँस्थालाई अझ बढी उत्तरदायी र कर्तब्यमुखी बनाउन सबैको पहल रहने कुरामा कार्यसमिति आशाबादी छ । सल्लाहकार ज्यूहरूको सहयोगी भुमिकाको अपेक्षाकृत आशा रहेको कुरा सँस्थाका कार्यसमितिबाट बिभिन्न जिम्मेवारी सुम्पिने कुरामा सँस्थाले अध्यक्षलाई जिम्मेवारी सुम्पेकोछ । कार्यक्रममा सँस्थाका कोषाध्यक्ष डा. यकिन्द्र तिमील्सेनाले सम्पुर्ण उपस्थित सल्लाहकार ज्युहरूको समयको लागि आभार ब्यक्त गर्नुभयो ।