21/07/2021

NAV-DMNC COVID-19 VACCINATION INFORMATION SESSION

By navadmin

Nepalese Association of Victoria ( NAV) को आयोजनामा १० जुलाइ का दिन मरेन्डाको जिन्डी कम्युनिटी हलमा COVID-19 VACCINATION INFORMATION SESSION सम्पन्न भएको छ। NAV को आयोजना र DOREEN MERNDA NEPALESE COMMITMENT को सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा Department of Health का मोहमद मोइन ले १ घन्टा भन्दा लामो COVID-19 को संम्छिप्त जानकारि उपलब्ध गराउनुको सथै Vaccination को बिषयमा पनि समुदायका सदस्यहरु र बाल बिकाससपाठशालाका बिध्यार्थी हरुलाइ जानकारी गराइएको थियो। यस कार्यक्रममा Department of Health कोभिड-19 का एड्भाईजर श्री परशुराम लुइँटेलको पनि सहभागिता थियो। ५० जना भन्दा बढि नेपाली समुदायको उपस्थिति रहेको उक्त कार्यक्रम मा NAV का अध्यक्ष श्री राम गुरुगं ज्युले स्वागत मन्तब्य राख्नुहुँदै डोरिनमरण्डासँग यस्तो कोभिडको महामारीले ग्रसित अवश्थामा शिक्षामुलक, ज्ञानमुलक तथा उपलब्धिमुलक कार्यमा यसरी सहकार्य गरेर समाजका सदषस्यहरूले राहत पाएकोमा खुशि ब्यक्त गर्दै डोरिन मरण्डा नेप्लिज कम्यूनिटीलाई आभार ब्यक्त गर्नुभएको थियो । डोरिन मरन्डा नेपलिज कम्युनिटीका अध्यक्ष श्री गोपाल काफ्लेले भबिष्यमा न्याभसँग यस्ता सामाजिक गतिबिधिमा हातेमालो गरेर जाने कुरामा कुनै कञ्जुस्याईँ नगर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।कार्यक्रममा उप्स्थित सबैलाइ धन्यबाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा न्याभबाट DH का प्रतिनिधिहरू तथा डोरिन मरण्डा कम्युनिटीलाई मायाँको चिनो उपहार प्रदान गरिईएको थियो । NAV को सहयोग र संयोजनमा डोरिन मरन्डा नेपलीज कम्युनिटिले हरेक शनिबार ५० भन्दा बढि नेपाली बालबालिकाको लागि नेपाली भाषा तथा नृत्य कक्षा पनि संचालन गरिरहेको छ।Same day in the morning,NAV organised a one day seminar on 10th of July 2021 for the schools who are under NAV guidance. It was about the implications and adopting the common curriculum and text books to overcome the challenges each schools facing due to the present situation .Also, the seminar focused on implementing extra curricular activities on a regular basis .The seminar was held in two sessions. In the second session the representatives from DPV health organisations provided information on covid-19 vaccination . They discussed what is reality and what is myth or misinformation about the vaccine. The program started with welcome speech from Mr. Ram Gurung,President, Nepalese Association of Victoria and concluded by the program coordinator Mr.Krishna Chalise

Please visit our YouTube channel link:

https://youtu.be/tHmYtsGTqf4

https://youtu.be/BX3mIKF1hkQ