15/06/2025
Radiothon कार्यक्रम सम्पन्न

नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)द्वारा संचालिन नेपाली सामुदायिक रेडियो ‘मेलबर्न चौतारी’ अन्तर्गत Radiothon कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गत जुन १२ (बिहिबार), राती आठ बजेदेखि नौ बजेसम्म प्रसारण भएको थियो। न्याभ अध्यक्ष एकिन्द्र तिमिल्सेनाले कार्यक्रममा फोन सम्पर्क गरी साथ, समर्थन तथा सहयोग गर्नेप्रति आभार व्यक्त गर्नुभयो।
नेपाली समुदायको आवाज बन्दै आएको मेलबर्न चौतारी सन् २००३ देखि संचालन भएको हो।