15/06/2026

नयाँ आगन्तुकहरूलाई मार्गदर्शन गर्ने “Arrival to Belonging” सेमिनार आयोजना हुने

navadmin

नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले अस्ट्रेलियामा हालै आएका नयाँ आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी, आगन्तुक तथा बसोबासको प्रारम्भिक चरणमा रहेका नेपालीहरूलाई लक्षित गर्दै “Arrival to Belonging – Newcomer and Migration Seminar” आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी शनिबार, २७ जुन २०२६ का दिन दिउँसो ३:०० बजेदेखि ६:०० बजेसम्म Reservoir Community and Learning Centre (23 Edwardes Street, Reservoir VIC 3073) मा सञ्चालन हुनेछ। नेपाली समुदायमा नयाँ आउने व्यक्तिहरूलाई अस्ट्रेलियाली समाज, सेवा सुविधा, रोजगारी, शिक्षा, सामुदायिक सहभागिता तथा बसोबास सम्बन्धी व्यवहारिक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पूर्व मानार्थ महावाणिज्यदूत निराजन गौली, NNCI president अमृता गुरुङ, NAV President डा. यकिन्द्र तिमिल्सिना र NAV बालचोतारी Thomastown formor coordinator प्रकाश रेग्मी तथा ले प्यानल छलफलमार्फत आफ्ना अनुभव र सुझावहरू साझा गर्नेछन्। कार्यक्रमको सहजीकरण NAV Executive member पवन खतिवडा ले गर्नेछन्। कार्यक्रमको coordination NAV का कोषाध्यक्ष यज्ञराज जोशीले गर्नुभएको छ।

सेमिनारमा सहभागीहरूले प्रत्यक्ष प्रश्नोत्तरमार्फत आफ्ना जिज्ञासा राख्न सक्ने, अनुभवी समुदाय प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्न सक्ने तथा नयाँ सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त गर्नेछन्। साथै सहभागीहरूका लागि निःशुल्क भोजनको समेत व्यवस्था गरिएको छ।

कार्यक्रमलाई Nepalese Neighbourhood Community Incorporate (NNCI) ले सह-आयोजना गरेको छ भने Melbourne Chautari Radio मिडिया पार्टनरका रूपमा रहेको छ। समुदाय साझेदारका रूपमा Australian Nepalese Multicultural Centre (ANMC) र NRNA Victoria रहेका छन्। कार्यक्रम City of Darebin को सहयोगमा हुन गईरहेको हो l

NAV ले अस्ट्रेलियामा नयाँ जीवन सुरु गरिरहेका नेपालीहरूलाई आवश्यक जानकारी, आत्मविश्वास र सामुदायिक सम्बन्ध निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले पूर्वदर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

“Our Story, Your Learnings” भन्ने नारासहित सञ्चालन हुने यस कार्यक्रमले नयाँ आगन्तुकहरूलाई “आगमनदेखि अपनत्वसम्म” को यात्रामा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।