मेलबर्न चौतारी रेडियोथन २०२६ सफलतापूर्वक सम्पन्न
मेलबर्न चौतारीद्वारा आयोजित रेडियोथन २०२६ गत बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ।
समुदायिक रेडियो कार्यक्रमलाई निरन्तरता दिन तथा नेपाली समुदायको आवाजलाई अझ सशक्त बनाउन आयोजित यस रेडियोथनमा समुदायबाट प्राप्त भएको उत्साहजनक सहभागिता, सहयोग र समर्थनप्रति मेलबर्न चौतारी परिवार हार्दिक आभार व्यक्त गर्दछ।
रेडियोथन सफल बनाउन आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाताहरू, प्रत्यक्ष प्रसारणमा सहभागी भई शुभेच्छा तथा हौसला प्रदान गर्नुहुने श्रोता तथा समर्थकहरू, साथै कार्यक्रमको योजना, समन्वय र सञ्चालनमा अहोरात्र खटिनुहुने स्वयंसेवकहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।
समुदायको साथ, विश्वास र सहयोगकै कारण मेलबर्न चौतारीले विगतका वर्षहरूझैं यस वर्ष पनि आफ्नो रेडियोथन सफलतापूर्वक सम्पन्न गर्न सकेको हो। यस उपलब्धिले भविष्यमा अझ प्रभावकारी र समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।
मेलबर्न चौतारी हरेक बिहीबार राति ९:०० बजेदेखि १०:०० बजेसम्म भिक्टोरियाभरि 3CR Community Radio 855 AM मार्फत प्रसारण हुँदै आएको छ। श्रोताहरूले कार्यक्रमलाई अनलाइनमार्फत पनि सुन्न सक्नुहुन्छ।
थप जानकारी तथा प्रत्यक्ष प्रसारणका लागि:
https://www.3cr.org.au/chautari
मेलबर्न चौतारी परिवार सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा श्रोताहरूलाई पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछ।
धन्यवाद।
NAV
मेलबर्न चौतारी परिवार
3CR Community Radio – 855 AM