22/08/2021

यो महामारी रोगबाट आफु बचौँ, परिवार बचाऔं र समाजलाई पनि बचाऔं ।

By navadmin

“हरेक दिन समयले मान्छेलाई झुक्काउँछ भन्ने जरुरी छैन र आजकै दिन झुक्काउनु पर्छ भन्ने पनि छैन । त्यो समय र परिस्थितिमा निर्भर रहन्छ” सबैजना सुरक्षित रहनुहोला”सबैजनामा नमस्कार । नेप्लिज एशोसियसन अफ् भिक्टोरियाले एनआरएनए भिक्टोरिया , एएनएमसी, फेन्का भिक्टोरिया तथा भिक्टोरियाका सम्पुर्ण नेपाली सँघसँस्थाहरूको सहयोगमा हाम्रो नेपाली समुदायलाई लक्षित गरेर कोभिड महामारी रोगको जानकारीमुलक कार्यक्रम अनलाईन मार्फत गर्दैछौं । न्याभले भिक्टोरिया राज्य सरकारको सहयोगमा बिभिन्न चेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको यहाँहरू सबैलाई थाहा नै छ । हाल विश्वलाई नै च्यालेञ्ज दिईरहेको यो महामारी रोगबाट आफु बचौँ, परिवार बचाऔं र समाजलाई पनि बचाऔं । हामीले कोभिडबाट बच्न साधरण ज्ञानमात्र पनि हाँसिल गर्न सक्यौँ र त्यसको रोकथामको लागि नियमहरू पालना गर्यौँ भने पनि केहि हदसम्म सुरक्षित हुन सक्ने कुरा विश्व स्वास्थ्य सँगठनले पनि पुष्टी गरिसकेको अवश्था छ । तसर्थ न्याभले हाम्रै नेपाली भाषी बिज्ञ चिकित्सकहरूको टोलीलाई अनुरोध गरेर यो कार्यक्रम ल्याउँदै छौँ । यो कार्यक्रममा नयाँ कोभिड रोगको बिस्तृत जानकारी लगायत त्यसको अनुसन्धानमा लागिरहनु भएका नेपाली चिकित्सकहरूको टोलीबाटै उहाँहरूको उपस्थतिमा नै प्रत्यक्ष प्रसारण गरिनेछ । यो कार्यक्रम अलि फरक र रोचक खालको हुनेछ । आउनुहोस् तपाईँ हामी सबै मिलेर यो रोगको बिरूद्दमा हुने चेतनामुलक कार्यक्रममा सहभागिता जनाई हातेमालो गरेर सबैलाई प्रोत्साहन गरौँ ।कृपया यो कार्यक्रममा यहाँहरूको उपस्थितिको लागि हामी बिनम्र अनुरोध गर्दछौँ । हामी यहाँहरूको यो साथ र सहयोगमा सँधै आभारी छौँ ।

Please Everyone 🙏,

join us on Sunday 29th August 2021.

Nepalese Association of Victoria Inc is inviting you to a Zoom meeting.

Topic: New Covid Vaccination information session to all Nepali Communities members

Time: Aug 29, 2021 07:00 PM Canberra, Melbourne, Sydney

Zoom link: Join Zoom Meeting https://us02web.zoom.us/j/87927145540…

Meeting ID: 879 2714 5540

Passcode: 424983