14/09/2020

Baal Diwas 2020

By navadmin

आजका हाम्रा बालबालिका भोलिका देशका कर्णधार हुनहामी विश्वका जुनसुकै ध्रुबमा पुगे पनि आफ्नो भाषा, सँस्कार र सँस्कृति पनि सँगसँगै लिएर गएका हुन्छौं । यसैको एउटा ज्वलन्त उदाहरण हो यो । हाम्रा यि ससाना भबिष्यका कर्णधारहरूका कला, सँस्कार र सँस्कृति प्रतिको मोह र बढ्दो चाहानाले हाम्रो लागि अझ सोंचनिय बिषय बनाएको छ ।

Nepalese Association of Victoria (NAV) ले बालदिवसको अवसर पारेर भिक्टोरियामा अनेक कार्यक्रम मनाउने गरेको थियो । यसपाली COVID-19 ले गर्दा कार्यक्रम हुन सकेन। न्याभले बिगतका दिनहरूमा गरिँदै आएको बालदिवसको सम्झना स्वरूप हामीले भिक्टोरियाका बिभिन्न ठाउँहरूमा छरिईएर रहेका हाम्रा नेपाली बालबच्चाहरूको भिडियो संकलन गरेर हाम्रो सँस्कृतिको रक्षक हाम्रा बालबालिका नै हुन भनेर देखाउने प्रयास मात्र गरेका हौँ । हामीले भिक्टोरियाका धेरै ठाउँहरूमा नेपाली भाषी पाठशालाहरू संचालन गरिरहेका छौँ जसको रेखदेख कतिपय ठाउँहरूमा न्याभले नै गरिरहेको यहाँहरूलाई जानकारी गराउँदछौं ।

For our Baal Diwas 2020 Compiled Video, Click Here.